विदेशमा मुत्यु भएका नेपालीहरुको शव ल्याउन एनआरएनएले सहयोग गर्नु पर्योः मन्त्री कुँबर

Advertisement

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ भइरहेको बताएका छन् । 

बिहीवार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार,सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् । उनले अहिले अरबमा मुत्यु भएका नेपाली श्रमीकको शव ल्याउन नसक्नु ठूलो चुनौतीको विषय बनेको बताए । 

Advertisement

उनले अवैधानिक रुप अरब काम गर्न गएका त्यही देशमा मुत्यु भएका नेपाली श्रमीकको शव नेपाल ल्याउन नसकेको स्वीकार गरे । मन्त्री कुँवरले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको बताए । मन्त्री कुँवरले विदेशमा मुत्यु भएका वा अलपत्र परेका नेपाली नागरिकलाई देशभित्र ल्याउनको लागि एनआरएन र सरकार दुवैका दायित्व भएको बताए । 

उनले भने, ‘अहिले हेड्याक्कको विषय भनेको अरब तिर केही शवहरु छन् । जो इलिगल रुपमा केही देशहरुमा गएका थिए । हाम्रै नेपाली नागरिकहरु हुन । उनीहरुको शवलाई हामीले दाहसंस्कार गर्न सकेका छैनौं । त्यो नेपाल सरकारको लागि चुनौतीको विषय हो । यो कुरालाई सामना गर्ने कुरामा त्यहाँ केही कोममा भएका दाजुभाईहरु छन् । उहाँहरुलाई पनि देशभित्र ल्याउने कुरामा हाम्रो साझा दायित्व के हुन्छ । एनआरएन र सरकार दुबैले ध्यान दिनुपर्नेछ ।’

मन्त्री कुँवरले नेपाली श्रमीकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ठ रेमिट्यान्स नेपाल आउने बताए ।  उनले मेलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमीक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको बताए । मन्त्री कुँवरले बैंक शाखा खोल्न मिल्ने अवस्था भए नेपाली बैंकहरुसँग समन्वय गर्न सरकार तयार रहेको बताए । 

उनले विदेशबाट आउने रेमिट्यान्स हुण्डी तथा अन्य चोर बाटोबाट आउने गरेकाले यस्तो कार्य नियन्त्रणका लागि सरकारले काम अगाडि बढाउने बताए । मन्त्री कुँवरले हुण्डी तथा चोरबाटो बाट आउने रेमिट्यान्स नियन्त्रण गर्नसके रेमिट्यान्स बढ्नसक्ने बताए । उनले नेपालीहरु विदेशमा विज्ञको रुपमा काम गर्ने तर नेपालमा विश्वास नगर्ने अवस्था रहेको भन्दै अब नेपाली विज्ञहरुलाई विश्वास गरेर काम गराउन जरुरी रहेको बताए । 

मन्त्री कुँवरले नेपाली श्रमीकले नेपालमा नै विश्वास गरे काम गर्न दिए कम खर्च र देशको ऐन,कानूनप्रति जवाफदेही हुने दाबी गरे । 

उनले भने, ‘नेपाली नेपाली विज्ञहरु नै प्रयोग गर्नुपर्छ । नेपाली विज्ञहरु विदेशमा काम गर्नुहुन्छ । तर हामीले विदेशी ल्याउनुपर्छ । हामीले  अब हाम्रै जनशक्तिप्रति विश्वास गर्नुपर्छ । विदशी विज्ञप्रति विश्वास  गर्दा खर्चिलो पनि होला । भरपर्दो हुन्छ की हुँदैन । आफ्नै कामदारप्रति  विश्वास ग¥यौं भने देश,कानून, संविधानप्रति जवाफदेही हुन्छन् । बनाइएको हुन्छ हामीले यी कुरामा ध्यान दिनु जरुरी हुन्छ । अहिले रेमिट्यान्स कम्पनीहरुलाई नियन्त्रण गर्नुपर्छ भन्ने कुराहरु आएका छन् । अझै हुण्डी र चोरबाटोबाट रेमिट्यान्स आउने परम्परा छ । यसलाई पनि कसरी नियन्त्रण गर्ने कुरा उठेको छ । अब विदेशमा नै एउटा बैंकको शाखा पठाउने हो की के गर्नसक्छौं । मलेसियामा हाम्रा कामदारहरु धेरै छन् । साउदी अरबमा पनि ५ लाख कामदार छौं भन्ने कुरा आयो । त्यहाँ पनि हाम्रै बैंकिङ सेवा पठाउन सक्छौं । बैंकहरुसँग समन्वय छलफल गरेर ऐन कानून र त्यहाँको ऐन कानूनले स्वीकार गर्छ कि गर्दैन । यी विषयमा दुवै देशसँग समझदारी गरेर बैंकिङ प्रणालीमार्फत नेपाली श्रमीकले कमाएको पैसा त्यहाँ नै सुरक्षित गर्नसक्यौँ भने एकमुष्ट रुपमा रेमिट्यान्स ल्याउनसक्छौं । त्यसरी रेमिट्यान्स अझै बढ्नसक्छ । सुरक्षित पनि हुन्छ ।’

त्यस्तै कार्यक्रमा बोल्दै श्रम मन्त्रालयका सचिव एकनाराण अर्यालले सबै  भन्दा धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र रहेको  बताए । उनले वैदेशिक रोजगारीले जीडिपीमा ५७ प्रतिशत योगदान भनेपनि चाहेजति व्यवस्थित बनाउन नसकेको बताए । सचिव अर्यालले अहिले सरकारले देशभित्र वा बाहिरका रोजगारदाता र श्रमीक खोज्ने अनलाइन सिस्टम बनाउन लागेको बताए । उनले नेपाली श्रमिकले विदेशमा काम गर्न जाने कम्पनीको बारेमा,आफू पाउने तलव र कामको लागि गरिएको सम्झौता देख्न पाउनुपर्ने बताए । सचिव अर्यालले अब नेपाली श्रमीकले नेपालबाट एउटा कामको लागि सम्झौता गरेर विदेश जाने, विदेश पुगेर अर्को काम गर्नुपर्ने स्थितिको सरकारले अब अन्त्य गर्ने दाबी गरे । 

सचिव आर्यालले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघको सहयोग आवश्यक रहेको बताउनु भयो । खाडी मुलुकमा जाने श्रमिकको लागि पनि २ लाख लिने प्रचलन रहेको भन्दै त्यसको पनि सरकारले अन्त्य गर्न आवश्यक रहेको बताए । 

Advertisement

Advertisement