राष्ट्रिय आविष्कार केन्द्रले बनाएको मेसिनलाई अमेरिकामा ‘पिपुल्स च्वाइस’ अवार्ड

Advertisement

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बेबी वार्मर मेसिन (न्यानो नानी अर्थात् बच्चालाई न्यानो बनाउने मेसिन)ले अमेरिकामा ‘पिपुल्स च्वाइस’ अवार्ड जितेको केन्द्रका प्रमुख डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

केन्द्रले बनाएको उक्त मेसिन अमेरिकाको एक प्रदर्शनीमा राखिएको थियो । अमेरिकाको नर्थइस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको ‘बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनी’मा आविष्कार केन्द्रका इन्जिनियरहरुले बनाएको मेसिनले अवार्ड जितेको हो । 

Advertisement

गत वर्षदेखि अमेरिकाको नर्थइस्ट यूनिभर्सिटीसँग केन्द्रले बायो–मेडिकल विषयमा सहकार्य गर्दै आएको छ । युनिभर्सिटीले बायो–मेडिकल उपकरणहरुसम्बन्धी गरेको प्रदर्शनीमा आविष्कार केन्द्रलाई भाग लिन र प्रदर्शनीपछि एक महिने तालिम पनि दिने भनेर तीन जना ईन्जिनियरहरुलाई निमन्त्रणा गरेको जानकारी दिँदे पुनले तर, उनीहरुलाई दूतावासले भिसा नदिएकाले बेबी वार्मर कार्गोद्वारा पठाइएको खुलासा गरेका छन् । 

उनले आविष्कार केन्द्रका इन्जिनियरहरुले जुमबाट भाग लिएको र सोही युनिभर्सिटीका मेडिकल विद्यार्थीहरुले दर्शकहरुलाई उपकरणको बारेमा विस्तृत जानकारीको पर्चाहरु बाँड्न मद्दत गरेको बताएका छन् । 

 

Advertisement

Advertisement