दुई लघुवित्त वित्तीय संस्थामा नियुक्त भए नयाँ सीईओ

Advertisement

काठमाडौँ । दुई लघुवित्त वित्तीय संस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । 

यसैक्रममा सुनसरीमा केन्द्रीय कार्यालय रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सीईओमा रामदयाल राजबंशी नियुक्त भएका छन् । 

Advertisement

सञ्चालक समितिको शनिबार बसेको बैठकले साउन १५ गतेबाट लागू हुने गरी राजबंशीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव कृष्णप्रसाद भट्टराईले जनाएका छन् । 

यता, केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँमा रहेको स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्रसिंह विष्ट नियुक्त भएका छन् ।

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले भोलि सोमबारदेखि लागू हुने गरी विष्टलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव अवधेशप्रसाद पन्तले बताए ।  
 

Advertisement

Advertisement