बीओकेका ग्राहकले बायो डाईग्नोष्टिक प्याथ ल्याबमा २५ प्रतिशत पाउने

Advertisement

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके) र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ  । 

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौंको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।      

Advertisement

बैंकले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

Advertisement

Advertisement