कुमारी जबले ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एण्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सञ्चालन गर्ने

Advertisement

काठमाडौं । कुमारी जबले पूर्व मिस नेपाल तथा मेडिया पर्सन एवं ट्रेनर सुगारिका केसीलगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सञ्चालन गर्ने भएको छ । कुनैपनि अफिस अथवा संस्थाको लागि फ्रन्ट अफिस र सेक्रेटरियल विभाग अत्यन्तै महत्वपूर्ण हुन्छ र यस्तो काममा आफ्नो करियर बनाउनको लागि र सफलता पाउनको लागि एउटा निश्चित योग्यता, सीप अथवा तालिम चाहिन्छ । जुन, आगामी आइतबारदेखि कुमारी जबले संचालन गर्ने भएको हो । 

तालिमको बारेमा कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले हाल काठमाडौं विराटनगर, पोखरा, बुटबल तथा नेपालका विभिन्न सहरहरुमा ठुलाठुला व्यापारिक संस्थाहरु खोल्ने एवं शाखा विस्तार गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार ती संस्थाहरुमा योग्य र तालिम प्राप्त उम्मेदवारहरुको उच्च माग रहेको छ । यहि आवश्यकतालाई ध्यानमा राख्दै कुमारी जबले उक्त तालिम सञ्चालन गरेको उनले बताएका छन् । उनका अनुसार यस तालिममा सहभागी सम्पूर्णले कामको लागि आवश्यक ज्ञान र सीपहरु सिक्ने र आफूलाई एक योग्य उम्मेदवारको रुपमा प्रस्तुत गर्ने छन् । 

Advertisement

फ्रन्ट अफिस र सेक्रेटरियल विभागमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम अत्यन्तै उपयोगी हुने जनाइएको छ । त्यस्तै, रिसेप्सनिष्ट्, पर्सनल् असिस्टान्ट, सेक्रेटरीलगायत अन्य विभिन्न कामको खोजीमा रहेका व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित हुने जनाइएको छ । साथै, कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमा पनि प्रशिक्षण संचालन गर्दै आइरहेको छ ।

Advertisement

Advertisement