काठमाडौंको खर्च ७ अर्ब ३१ करोड, बजेट खर्च आधा पनि पुगेन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा ७ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ। यो कुल विनियोजनको ४४.२४ प्रतिशत मात्रै हो।  गत आर्थिक वर्षमा काठमाडौंको बजेट १६ अर्ब ५२ करोड रुपैयाँ थियो । ९ अर्ब २१ करोड रुपैयाँ खर्च हुनसकेन । 

महानगले बजेटका आधारमा सबैभन्दा बढी प्रशासनिक र सामाजिक सुरक्षाका नाममा खर्च गरेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक कामका लागि दुई अर्ब ३६ करोड रुपैयाँ छुट्याएको थियो । जसमा महानगरले १ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको थियो । सामाजिक विकासका नाममा दुई अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ । यसका लागि ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको थियो । 

Advertisement

पूर्वाधार विकासमा ठूलो रकम छुट्याइए पनि खर्च जम्मा ३० प्रतिशत मात्रै छ । ८ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा दुई अर्ब ५१ करोड रुपैयाँ मात्रै खर्च गरिएको छ । 

Advertisement

Advertisement