सात वर्षमा साढे २१ अर्ब भुक्तानी गरिसक्यौं, भुक्तानी दिएन भनेर भ्रम फैलाइयोः बीमा बोर्ड

Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरुले भुक्तानी गर्न बाँकी थोरै रकमलाई मुद्दा बनाएर विरोध गरेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले कर्पोरेट नेपालसँगको कुराकानीमा आफूहरुलाई भुक्तानी दिन कुनै समस्या नरहेको बताए । 

उनले आफूहरुले स्थापनाको छोटो समयममा नै २१ अर्ब रुपियाँ बराबरको दाबी भुक्तानी गरिसकेकाले पैसा दिएन भन्न नसुहाउने तर्क गर्दै, ‘हामीले दिएको पैसाको कसैले पनि कुरा गरेको सुनिदैन् । तर दिन बाँकी रहेको रकमलाई धेरै चर्चामा ल्याउने प्रयास भएको छ । हामीले तिरेको पैसाको तुलनामा दिन बाँकी रहेको रकम निकै थोरै छ ।’ 

Advertisement

बसौलाले यही असार मसान्तमा मात्रै साढे नौ अर्ब रुपियाँ बराबरको दावी भुक्तानी गरेको र कसैले केही पनि नबुझी भुक्तानी भएन भन्ने हल्ला फैलाउने काम भएको बताए । 

बोर्डले अस्पतालहरुलाई रकम दिनुअघि आफूहरुले राम्रोसँग छनविन गर्नुपर्ने भएकाले त्यसमा केही समय ढिलाई हुने स्वीकार गरेको छ । कार्यकारी निर्देशक  बसौलाले गलत मनसाय वा गलत नियत राखेर आफूहरुले भुक्तानी रोक्ने कुनै पनि योजना नबनाएको बताए । 

आगामी कार्यक्रम कसरी अघि बढ्ने भन्नेमा सरकार नै अन्यौलमा रहँदा बोर्डले भने हालसम्म सम्झौता गरेका अस्पतालका लागि भए पनि पाँच वर्ष अहिलेको सामाजिक सुरक्षाको कार्यक्रम सञ्चालन गर्नु जरुरी रहेको बताए । 

नागरिकाको स्वास्थ्यसँग जोडिएकाले पनि स्वास्थ्य बीमा रोक्ने भन्दा थप व्यवस्थित र प्रविधीमैत्री रुपमा अघि बढाउन जरुरी रहेको बसौलाको भनाई छ । 

Advertisement

Advertisement