चालु आवको पहिलो साता वाणिज्य बैंकहरुमा ६३ अर्बले निक्षेप घट्दा कर्जा लगानी १० अर्ब घट्यो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो साता कूल निक्षेप ६३ अर्बले घट्दा कूल कर्जा लगानी १० अर्बले घटेको छ ।  

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आवको पहिलो महिना साउन ६ गतेसम्म कूल निक्षेप घटेर ४४ खर्ब ७८ अर्बमा झरेको छ । 

Advertisement

गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो । 

त्यसैगरी कूल कर्जा लगानी घटेर ४१ खर्ब ६५ अर्बमा झरेको छ । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब पुगेको थियो । 
 

Advertisement

Advertisement