काठमाडौं–तराई द्रुतमार्ग समयमा सम्पन्न हुननसक्ने संसदको विकास समितिको निष्कर्ष

Advertisement

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ । यो आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । 
 
सोमवार बसेको समितिको बैठकले द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निस्कर्ष निकाल्दै काम चाँडै गर्न भनेको हो । पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरु हालसम्म हुन नसकेको भन्दै समितिले निर्धारित समयमा सम्पन्न गर्नका लागि ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । 

समितिले आयोजनाको लागत बढ्न नदिन तथा गुणस्तरीय काम गर्नमा जोड दिएको छ । बैठकको निर्णयबारे जानकारी दिंदै समिति सभापति कल्याणी खड्काले भनिन – ‘२०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको वहुप्रतिक्षित एशियन हाईवे मापदण्डको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई द्रुतमार्गको आ.व. २०७८–७९ सम्ममा भएको २१.१८ प्रतिशतको समष्टिगत प्रगती र आयोजनाको पूर्वनिर्धारित कार्यतालिकाबमोजिम ठेक्का व्यवस्थापनका कार्यहरु हालसम्म हुन नसकेको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुने विषयमा समिति विश्वस्त हुने अवस्था देखिँदैन ।’ 

Advertisement

त्यस्तै बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा  वातावरणीय पक्षहरु ईआईए र ईएमपीको कार्यान्वयनको अवस्था कस्तो छ ? तेस्रो पक्षबाट अनुगमन भएनभएको सम्बन्धमा १५ दिन भित्रमा समितिलाई स्पष्ट जानकारी दिनका लागि पनि निर्देशन दिएको छ । 

Advertisement

Advertisement