टिभिएस मोटरसाइकल बिक्रेता जगदम्बा मोटर्सको नारायणघाटदेखि गोलाघाटसम्म ‘एनओजी राइड’

Advertisement

काडमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म ‘एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । 

आइतबार (साउन ८) आयोजना गरिएको राइड सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो भने राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । अनुशासित एक राइडरलाई मेडलसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

करिब ६० जना राइडरहरु सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

Advertisement

Advertisement