कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्ने अवसर, छ लाख बढी छुट पाइने

Advertisement

काठमाडौं । नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ । थापाथलीमा अवस्थित चेरीको फ्ल्यागसिस सोरुममा आजदेखि शुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्ने छ । 

एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने छ । सो अवसरमा ४ लाख रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ । 

Advertisement

त्यसैगरी पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस १ लाख सम्म उपलब्ध हुनेछ भने एक्सचेन्ज बोनस पनि १ लाख सम्म उपलब्ध हुनेछ । 

ग्राहकलाई १ वर्षको इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ । समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँ सम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । 

Advertisement

Advertisement