विधि विज्ञान प्रयोगशालामा पठाइएको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रहरीले समितिमा पठायो

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट निर्माणको अघिल्लो दिनको अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई सोमबार बुझाएको छ ।

बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको र उक्त दिनको सीसीटीभी फुटेज मेटाएको भन्दै चर्को विरोध भएपछि संसदले छानविनका लागि विशेष समिति बनाएको थियो । संसदीय छानविन समिति बनेपछि उक्त प्रकरणमा मुछिएका तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । 

Advertisement

अध्ययनका क्रममा जेठ १४ गते रातिको सीसीटीभी फुटेज नभेटिएपछि छानबिन समितिले जेठ १४ गतेको फुटेज डिलिट भएको भनी रिकभर गर्न सिस्टम नै नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार प्रहरीको सिलबन्दी फरेन्सिक रिपोर्ट आइपुगेको मंगलबार बिहान मात्रै खोलिने छ । 

Advertisement

Advertisement