Advertisement

Advertisement

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड-२०२२ लाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले  आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीलाई नियुक्त गरिएको बताए । 

Advertisement

सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको  पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । सो कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ जोशीले आफु इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको संचालन सुस्मिता बैद्यले गरेकी थिइन् । 

Advertisement

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कंडेल, विभागीय प्रमुखहरु, दी हिडेन ट्रेजरका निर्देशकद्धय सुवर्ण क्षेत्री प्रमोद कंसकार, मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्र्थ–२०२२ डा.सरिसा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्का लगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।

Advertisement

Advertisement