चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

Advertisement

काठमाडौं । मन्त्रिपरिपद्को सोमबारको बैठकबाट चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका भुवन केसीले आज पदभार ग्रहण गरेका छन् । 

चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् । उक्त अवसरमा कर्मचारी, अन्यपदाधिकारी र चलचित्रकर्मीहरुले उनलाई बधाई दिएका थिए ।

Advertisement

पदभार ग्रहण गर्दै अध्यक्ष केसीले आफूले नेपाली चलचित्र क्षेत्रको समस्याबारे जानकार रहेको बताएँदै ती तमाम समस्या समाधानका लागि सक्रियताका साथ अघि बढ्ने बताए ।  

Advertisement

Advertisement