काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी बड्स ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । शाओमीको रेड्मी बडस् ३ लाइटफोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको बताएको छ । रेड्मी बडस् ३ लाइटमा प्रभावशाली सुविधाहरू हुनुका साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टासम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाई क्वालिटी साउन्ड प्रदान गर्ने जनाइएको छ ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाका अनुसार रेड्मीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औद्योगिक बेन्चमार्कहरू पार गरेको छ । उनले हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट–‘बडस् फर फन’ लन्च गरेको जनाए । उनका अनुसार रेड्मीको बड्स ३ लाईटमा लामो समयसम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसन जस्ता थुप्रै विशेषताहरू समावेश छन् ।
रेड्मीको बडस् ३ लाईटको तौल ३५ ग्रामभन्दा कम छ । यसको नयाँ लक–इन डिजाइन इयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्द छ। यसमा भएको एर्गोनोमिक डिजाइनले यसलाई प्रयोग गर्न सहज आरामदायी बनाउँछ जसले रेडमी बडस् ३ लाइटलाई व्यायामको लागि पनि उपयुक्त बनाउँछ।
राम्रो बेस
रेड्मीको बडस् ३ लाईटमा निरन्तर अडियो गुणस्तर सुनिश्चित गर्न साउन्ड ल्याबद्वारा ट्युन गरिएको ६ एमएमको डायनामिक ड्राइभर समावेश गरिएको छ । राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागि रेड्मीको बडस् ३ लाईट ब्लुटुथ ५.२ को साथ निर्मित छ जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ । टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाईटमा अटो पेयरिङ्गको सुविधा सुनिश्चित छ ।
राम्रो प्लग र चार्ज
टाइप–सी चार्जर समर्थन गर्ने रेड्मीको बडस् ३ लाईटसँग ५ घण्टाको चार्जमा पाउनुहोस् १८ घण्टासम्म म्युजीक प्लेब्याक ।
धुलो र पानी प्रतिरोध
जिम होस् वा दैनिक यात्रा IP54* को धुलो र पानी प्रतिरोधी डिजाइन र अविश्वसनीय पर्फमेन्सको साथ रेड्मीे बडस् ३ लाईटको आनन्द लिन सकिन्छ । रेड्मीे बडस् ३ लाईट कालो रंगमा ३,३९९ रुपैयाँमा उपलब्ध छ । रेड्मीे बडस् ३ लाईट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक Mi स्टोरहरूमा उपलब्ध हुनेछ ।