जनरल इन्स्योरेन्सका ग्राहकलाई लुम्बिनी हस्पिटलमा नगद बिनानै उपचार

Advertisement

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र  लुम्बिनी हस्पिटलका प्रबन्धक निर्देशक भीमप्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् ।  

Advertisement

सम्झौता पश्चात जनरल इन्स्योरेन्समा औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म लुम्बिनी हस्पिटलबाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्ने छन् ।   

Advertisement

Advertisement