मन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत पैसा पाउने योजना ल्याउने, सिसडोल भदौबाट बन्द

Advertisement

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् । 

बुधवार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रश्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् । चौधरीले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए । 

Advertisement

उनले ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै फोहोरबाट काठमाडौं भित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताए । चौधरीले देशभर बञ्चरे डाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहोरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए । 

मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भएपनि अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताए । उनले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए । सिसडोलवासीले आजैमात्र आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्याण्डफिल साइटमा जान नदिने चेतावनी दिएको चौरधीले बताए । 

मन्त्री चौधरीले आफू मन्त्री बनेपछि शहरी विकास मन्त्रालयले असार महिनामा मात्र २६.८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको दावी गरे । उनले गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ७५ करोड रुपियाँमा १ अर्ब २८ करोड रुपैयाँ ७३.२८ प्रतिशत र पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपियाँमा २१ अर्ब ६१ करोड ६९.९५ प्रतिशत खर्च भएको भएको बताइ । 

चौधरीले मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असार महिनामा मात्रै २६.८ प्रतिशत वित्तिय प्रगति हासिल भएको उल्लेख गरे । उनले असार महिनाको प्रगतिले शहरी विकास मन्त्रालय अन्य मन्त्रालयको तुलनामा उच्च प्रगति हासिल गर्ने मन्त्रालयको सूचीमा रहन सफल भएको दाबी गरे । 

मन्त्री चौधरीले जाने बेला रुने हास्ने भन्ने प्रश्नको धेरै ठाउँमा सोधिएको भन्दै रुने नभइ मुलुकलाई नै हसाएर जाने बताए । अगामी सय दिनभित्र काठमाडौं उपत्यकामा १०० कि.मि. सम्मको माइक्रो रेल अर्थात स्ट्रिङ (तार) प्रविधिमा निर्धारित कम्प्युटर नियन्त्रित यातायातको सम्भाव्यताको अध्ययन गर्ने बताए । 

Advertisement

Advertisement