मन्त्री श्रेष्ठद्वारा पशुपतिमा ‘एक भक्त, एक वृक्षारोपण’ अभियान शुभारम्भ

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षारोपण’ अभियान शुभारम्भ गरेका छन् । पशुपति क्षेत्रमा आज शुक्रबार)आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षारोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्नुपर्नेमा उनको जोड थियो । 

Advertisement

रोपेको बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । उनका अनुसार पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइने छ । 

कार्यक्रममा खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलियाले एक लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने घोषणा गरेका छन् । कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह तथा कोषका पदाधिकारीहरुले वृक्षारोपण थिए । अब वृक्षारोपण अभियान निरन्तर संचालन हुने कोषले जनाएको छ । विरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ । कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षारोपण अभियानलाई समेटेको छ ।

Advertisement

Advertisement