फोर्स मर्जरमा जान बीमा कम्पनीहरु नै इच्छुक, धेरै हतार नगर्नुः बीमा समिति

Advertisement

काठमाडौं । बीमा कम्पनीहरुले मर्जरको लागि बीमा समितिले दिएको समय सिमा लामो भएको भन्दै यसलाई सकेसम्म छोटो बनाउनुपर्ने बताएका छन् । 

यता, बीमा समितिले भने चैत मसान्तसम्म मर्जरका लागि समय दिने निर्णय गरिसकेकाले त्यसअघि आफूहरुले कडाईको नीति लिने र दबाब दिन उपयुक्त नहुने बताएको छ । 

Advertisement

पछिल्लो समय बीमा कम्पनीहरु नै फोर्स मर्जरका लागि इच्छुक देखिएका छन् । समितिले तीन वटा बीमा कम्पनीहरुलाई समेत मर्जरमा जान बाटो खोल्दिएको अवस्थामा अनावश्यकरुपमा हतार नगर्न कम्पनीहरुलाई सुझाव दिएको छ । 

एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले भने, ‘अहिले मर्जरका लागि बीमा क्षेत्र तयार भइसकेको छ । हामी पनि मर्जरमा जने भइसकेका छौं । यस्तो अवस्थामा समितिले पनि मर्जरमा जान इच्छुकहरुलाई छिटो गर्ने वातावरण बनाएमा बीमा क्षेत्रलाई राम्रो हुन्छ ।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आफूहरुले बीमा कम्पनीहरुकै लागि मर्जरको बाटो खुल्ला गरेको र मर्जरका लागि न्यूनतम् समयसिमा तोकिसकेकाले त्यसमा हतार नगर्ने बताए । 

उनले भने, ‘मर्जरका लागि बीमा कम्पनीहरुलाई हामीले आफै मिलेर आउनु भनेका छौं । उनीहरु छिटो मिलेर आउँदा त झन छिट्टै मर्जर हुने सम्भावना हुन्छ ।’ पौडेलले चैत समान्तसम्मका लागि बीमा समितिले कम्पनीहरुलाई मर्जरको तयार गर्ने समय दिएकाले त्यसमा धेरै हतार नगर्न पनि सुझाव दिए । 

उनले बीमा कम्पनीले दिएको सुझावमा बीमा समितिको ध्यानाकर्षण हुँदै आएको र यसमा पनि समितिले केही कदम चाल्ने बताए । यता बीमा कम्पनीहरुले मर्जर आवश्यक छ भन्ने ठहर भइसकेको अवस्थामा जो जो तयार छन्, उनीहरुले यो कार्यलाई चाँडै सल्टाउँदा राम्रो हुने बताउँछन् । मर्जरमा जान सम्झौता गरिसकेका कम्पनीरुले नै ढिलो गर्दा मर्जर भाँडिनसक्ने विविध कारणहरु रहेको भन्दै यसलाई सकेसम्म छिटो सक्नु राम्रो हुने बताउँछन् । 

उनीहरुले नयाँ रणनीति बनाएर अघि बढ्न सहज हुने भएकाले पनि मर्जरका लागि सम्झौता गरिसकेका कम्पनीहरु चाँडो मर्जर प्रक्रिया टुंग्ग्याउने पक्षमा पक्षमा रहेको बताउँछन् । 

केही कम्पनीहरु मर्जरमा गई एकीकृत कारोबार सुरु गरिसकेका छन् भने केहीले मर्जरको प्रारम्भिक सम्झौता गरेका छन् । बाँकी रहेकामध्ये पनि धेरै मर्जरमा जाने पक्का जस्तै भइसकेकोले मर्जरको वास्तविक सफलता एकीकृत कारोबारपछि निर्धारण गर्ने बताएका छन् । 

समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढेकाले भोलिका दिनमा ठूलो व्यवसाय गर्ने र ठूलो जोखिम धारण गर्ने चुनौती कम्पनीहरुमाथि  थपिएको बताएको छ । मर्जरमा गएका ज्योती लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले पनि तीन महिनाभित्रै एकीकृत कारोबार गर्ने योजना तय गरेका छन् । 

आगामी कार्तिकबाटै एकीकृत कारोबार हुने बीमा समितिले जनाएको छ । त्यस्तै, रिलायन्स लाइफको पनि मर्जर प्रक्रिया आगामी पुस २९ गते टुंगिने बताएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम सानिमा रिलायन्स इन्स्योरेन्स रहने समितिले जनाएको छ । 
 

Advertisement

Advertisement