बीमा समितिको वार्षिक कार्यक्रम सार्वजनिक, बीमा कलेज स्थापनादेखि बीमा अनुसन्धान गर्नेसम्म योजना

Advertisement

काठमाडौं । बीमा समितिले चालु आर्थिक वर्ष २०७९–८० को वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनामा बीमा कलेज स्थापनादेखि बीमा सूचना केन्द्रसम्वन्धी निर्देशिका तयार गर्ने कुराहरु रहेका छन् । 

बीमा समितिले यस आर्थिक बर्षमा बीमा नियमावलीको मस्यौदा तयार गर्ने, राष्ट्रिय बीमा नीति तयार गर्ने, रणनीतिक योजना तयार गर्ने, बीमासम्बन्धी कार्यविधि तथा ढाँचा तयार गर्ने, बीमित हित संरक्षण कोषको स्थापना गर्ने कुरा कार्ययोजनामा राखेको छ । 

Advertisement

त्यस्तै, कृषि, लघु, खेलाडी, जडिबुटी र घातक रोगको बीमा लेख तयार गर्ने, बीमा विषयलाई पाठयक्रममा समावेश गर्ने, बीमासम्बन्धी विषयहरुमा अध्ययन अनुसन्धान गर्ने, मोटर बीमा निर्देशिका २०७३ लाई संशोधन गरी मोटर बीमा दर थप व्यवस्थित गर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी व्यवस्थालाई पनि अध्यावधिक गर्ने, जीवन बीमा लेख निर्देशिका २०७८ संशोधन गर्ने, अन्तर्राष्ट्रिय बीमा नियमनकारी निकाय तथा सम्बन्धित पक्षहरुसँग अन्तराष्ट्रियस्तरको गोष्ठी गर्ने कुरा कार्ययोजनामा देख्न सकिन्छ । 

समितिले रेडियो तथा टेलिभिजन कार्यक्रमम निर्माण तथा त्यसको प्रशारण गर्ने योजनासमेत बनाएको छ । अहिलेको समयमा यस्तो कार्यक्रम गर्न समितिले खासै जरुरी र त्यसको प्रभावकारीता पनि नहुने अवस्थामा समितिले रेडियो तथा टेलिभिजन कार्यक्रममा रुची देखाएको हो । त्यस्तै, समितिले वृत्तचित्र पनि तयार गर्ने योजना बनाएको छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वार्षिक कार्यक्रम अनुसार काम गर्दा सबै क्षेत्र र तह समेटिने भएकाले आफूहरुले यस योजनालाई  प्राथमिकतामा राखेर अघि बढ्ने बताए । उनले राष्ट्रिय बीमा नीति चालु आर्थिक वर्षमा आउने र त्यसको कार्यन्वयनले बीमा क्षेत्रको थप विकास हुने बताए ।

Advertisement

Advertisement