नेप्सेको चरम लापरबाही, कारोबार रोक्का भएको रिलायन्स लाइफको पनि कारोबार, चलखेलको आशंका

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले लाखौं लगानीकर्ताहरुको लगानीसँग जोडिएको शेयर कारोबारमा गम्भीर त्रुटी गरेको छ । मर्जरका लागि सम्झौता गरेर कारोबार रोक्का भएको रिलायन्स लाइफ इन्स्योरेन्सको समेत शुक्रबार कारोबार गरेर नेप्सेले त्रुटी गर्दा ठूलो चलखेलको आशंकासमेत गरिएको छ । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेबाट त्रुटी भएको स्वीकार गरे । उनले भने, ‘मर्जरमा गएपछि रिलायन्स लाइफको कारोबार रोकिएको कुरा ठिक हो । तर आज एक्कासी कसरी रिलायन्स लाइफको आफै कारोबार भयो ? हामी आफै चकित परेका छौं । यसमा त्रुटी भएको छ ।’ 

Advertisement

उनले यस विषयमा अहिले अनुसन्धान भइरहेको र केही पनि पत्ता नलागेको बताए । कतिपय लगानीकर्ताले भने सिस्टमले रोकिसकेको कारोबार एक्कासी कारोबार हुनु भनेको ठूलो कमजोरी मात्रै नभएर ठूलो चलखेल पनि भएको हुनसक्ने भएकाले  छानविन गरी दोषी भेटिए कारावही हुनुपर्ने बताएका छन् । 

यता, रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले रोकिएको कारोबार कसरी भयो ? भन्ने कुरा आफूहरुलाई थाहा नहुने बताउँदै यस विषयमा नेप्सेलाई नै सोध्नुपर्ने बताए । उनले आफूहरुले कारोबार सुचारु गर्न नेप्सेलाई कुनै पत्राचार नगरेको पनि स्पष्ट पारे । 

Advertisement

Advertisement