हिताचीका नयाँ उत्पादन नेपाली बजारमा, तीन बर्षभित्रमा नेपालको नम्बर वान बन्छौंः अग्रवाल

Advertisement

काठमाडौं । नयाँ प्रविधि तथा विद्युतीय र घरायसी उपकरणमा विश्वप्रसिद्ध ब्राण्ड हिताचीले नेपाली बजारमा नयाँ उत्पादनहरु ल्याउने भएको छ । कम्पनीले चार थरीका  नयाँ उत्पादनहरु फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरको बिक्री सुरुवात गर्ने शुक्रबार जानकारी दिएको हो । 

बिक्रीपछिको राम्रो सेवासहित ग्राहकलाई नयाँ आविस्कारी प्रविधिहरु दिने  बताउँदै कम्पनीले गुणस्तरमा प्रतिस्पर्धा गर्न आफूहरु तयार रहेको बताएको छ । रमेश कर्पअन्तर्गतको युनिभर्सल इलेक्ट्रोकम प्रालि नेपालको लागि हिताची होम अप्लायन्सेज (घरायसी उपकरण)को आधिकारीक वितरक हो । 

Advertisement

आजको कार्यक्रममा एएचएसजीका प्रबन्ध निर्देशक चेन टेक बेङ, व्यापार विकास विभागका महाप्रबन्धक तरुण जैन र सोही विभागका वरिष्ठ प्रबन्धक एलविन वाम उपस्थित थिए ।

रमेश कर्पका कार्यकारी निर्देशक संजय अग्रवालले आफूहरु नेपाली बजारमा 
 तीन बर्षभित्रमा नम्बर वान हुने दावी गरे । उनले भने, ‘गुणस्तरीय सामान बिक्री गर्ने र ग्राहकलाई बिक्री पछिको सेवा दिने कुरालाई कडाईका साथ पालना गछौं ।’ 

पचास वर्षअघि स्थापना भएको रमेश कर्प नेपालको ठूलो औद्योगिक तथा व्यापारिक समूहको रुपमा स्थापित छ । रमेश कर्पको नेपालमा उत्पादन, वित्तिय सेवा, घरजग्गा, जलविद्युत, खानी, मोवाइल फोन आदि  क्षेत्रमा लगानी गरेको छ । 

Advertisement

Advertisement