नेशनल हाइड्रोपावरको वासलातमा सुधार, नोक्सानी घट्न थाल्यो

Advertisement

काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनीको वासलातमा सुधार आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको नोक्सानी २१ प्रतिशतभन्दा बढीले घटेको छ। आम्दानी बढेपछि कम्पनीको नोक्सानी घटेको छ।  

यस अवधिमा कम्पनी १ करोड ७४ लाख रुपैयाँ घाटामा रहेको देखिएको छ। पोहोर असारसम्म कम्पनी २ करोड २१ लाख रुपैयाँले घाटामा थियो। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको विद्युत बिक्री आम्दानी करिब ९४ प्रतिशत बढेको छ। 
अघिल्लो वर्ष २ करोड ५४ लाख आम्दानी गरेको कम्पनीले गत वर्ष ४ करोड ९१ लाख आम्दानी गरेको हो। आम्दानी बढे पनि खर्चलाई नियन्त्रण गर्न नसक्दा कम्पनीले नोक्सानी थियो। 

Advertisement

३ करोड २३ लाख रुपैयाँ सञ्चालन बापतको प्रत्यक्ष खर्च छ। अघिल्लो असार मसान्तमा खर्चको यस्तो आकार २ करोड रुपैयाँमा सीमित थियो। यसबाहेक प्रशासनिक खर्च १ करोड २३ लाख रुपैयाँभन्दा बढी छ। परिणामस्वरूप कम्पनीको सञ्चालन मुनाफा मात्र ४५ लाख रुपैयाँ छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ। जगेडामा १ करोड ७० लाख रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको जगेडा कोष ३५ करोड ५१ लाख रुपैयाँले ऋणात्मक थियो। सोही अवधिमा १ अर्ब ३ करोड रुपैयाँ बराबरको सम्पत्ति छ। 

गत वर्ष कम्पनीले ४.५ मेगावाट जडित क्षमता भएको तल्लो इन्द्रावती जलविद्युत निर्माणको लागि लाइसेन्स पनि पाएको छ। कम्पनी अन्तर्गतको सहायक सो आयोजनाको हाल निर्माणाधीन छ। तल्लो इन्द्रावतीमा इन्द्रावती-३ जलविद्युत आयोजनाको क्यास्केडको रूपमा निर्माण गर्न डिजाइन गरिएको छ। अहिले कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ। 

निर्माणाधीन तल्लो इन्द्रावती जलविद्युतको लागि लगानी संकलन गर्न कम्पनीले हकप्रद जारी गर्दै छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीका प्रतिशेयर आम्दानी ०.८६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १००.९४ रुपैयाँ छ।

Advertisement

Advertisement