आँखुखोलाको नाफा २५ गुणाले बढ्यो, बिजुली बेचेर २२ करोडभन्दा बढीको आम्दानी

Advertisement

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत असार मसान्तसम्ममा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै २५ गुणा बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १० लाख ५२ हजार रुपैयाँ मात्र थियो।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो तथ्यांक देखाएको हो। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा उल्लेख्य बढेको छ।

Advertisement

यस अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १५.१९ प्रतिशत बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ११.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.०२ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ९७ पैसा बढेर ३ रुपैयाँ १० पैसा पुगेको छ। असार मसान्तसम्ममा ८० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ कम छ ।

Advertisement

Advertisement