‘खल्ती’ र राष्ट्रिय बीमा संस्थानबीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी

Advertisement

काठमाडौँ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थान सँग सहकार्य गरेको छ ।

खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन् ।

Advertisement

उपभोक्ताले बीमा तिर्न खल्ती एपमा रहेको Insurance मा गई राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ ।  मागिएको विवरण भरि प्रिमियम भक्तानी प्रकृयालाई पुरा गर्न सकिन्छ ।  

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने–‘राष्ट्रिय बीमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु हाम्रो लागि एक प्रभावकारी उपलब्धि हो । यस सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाईदा हुने साथै बिमा शुल्क सङ्कलन अझै  सरल र प्रभावकारी बन्ने कुरामा हामी बिश्वस्त छौं ।’

प्रयोगकर्ताले रु. ५,००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । 

Advertisement

Advertisement