विकको हत्यापछि प्राप्त रकम बाँडफाँट गरेको सिआईविको खुलासा

Advertisement

काठमाडौं । सर्जन विकको हत्या पछि पाएको बीमा बापतको एक करोड ४२ लाख रुपियाँ मध्ये विकको नक्कली श्रीमती सपना मल्लले ८६ लाख ८९ हजार रुपियाँ लिएको प्रहरीले जनाएको छ । 

योजनाकार संजिव अर्यालले ८० लाख ३६ हजार रुपियाँ आफूलाई राखे भने सपना मल्लकी आमा छवि कुमारी खत्रीले १७ लाख ४६ हजार रुपियाँ राखेको खुलासा भएको हो । 

Advertisement

मल्लको व्यवस्थापनको जिम्मा लिएका दिपक केसीले मल्लबाटै ६० लाख रुपियाँ हात पारेको र एटीम कार्डबाट एक करोड ९० लाख रुपियाँ लिई बाँडफाँट गरेको खुलासा भएको छ । त्यस्तै, ५० लाख रुपियाँ लाइफ इन्स्योरेन्सका अभिकर्ता सरदार महमत खाँ, ट्रक चालक टोपबहादुर क्षेत्रीले बाँडेर लिएका छन् । 

घटनामा समावेश भएका सबैलाई सिआईबीले नियन्त्रणमा लिएको छ । 

पैसाको लागि विवाहको नाटक, साढे दुई करोडको बीमा गरेर युवकको हत्या

  

Advertisement

Advertisement