नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक

Advertisement

काठमाडौँ । ओप्पोले आज नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक गरेको छ । यो २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरु सहित उत्पादकता सुविधाहरूले भरिएको छ, जसले गर्दायसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनकाअनुभवहरू अघिल्लो फोनमाभन्दा धेरै छन् । 

‘हामी यस्तो युगमाबाँचिरहेकाछौँ जहाँहामी सबै जीवनको आनन्दलिन चाहन्छौँ ।’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले भने, ‘हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पुर्याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडी बढीरहेका छौँ । यो ओप्पोको दिगो विकासको भावना हो जसलाई हामीले हरेक दिन आत्मसात गर्छौ ।’ 

Advertisement

यसमा ५० एमपीप्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फीक्यामेरा रहेकाछन् । भिडियोहरूको लागि, यसले पछाडी र अगाडि दुवै क्यामेराबाट १०८०पी मा भिडियोहरू खिच्न सक्छ । 

ओप्पो ए७७ ओप्पोकोे मूल्य दायरा भित्रको एक मात्रफोन हो, जसमा डुअल स्टेरियो स्पिकरहरू छन् जुन सामान्यतया फ्ल्यागशिप मोडलहरूमा मात्र रहन्छ । सुपर भोल्युममोडमा, डुअल–स्पीकर फोनले सबै आवाजहरू भेट्न सक्छ । 

ओप्पो ए७७ ४जिबी र्याम+१२८ जिबी रोम सँगै आएको छ । यसले १ टीबीसम्मको एसडी कार्डहरुलाई पनि समर्थन गर्दछ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ । यो फोन मूल्य रु २५९९९. मा खरिदका लागि उपलब्ध छ । 

Advertisement

Advertisement