सानिमा लाइफले ल्यायो बालश्री जीवन बीमा योजना, बीमांक ५० हजारदेखि ५० लाख रुपियाँसम्म

Advertisement

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘सानिमा बालश्री जीवन बीमा योजना बजारमा छ । कम्पनीले आइतबार आफ्नो उक्त योजनाको औपचारिक सुरुवात गरेको हो ।  

बालबालिका जन्मेदेखि १० वर्षको हुँदासम्म उक्त पोलिसि दिन मिल्ने कम्पनीले जनाएको छ । सो प्रोडक्टका लागि दश वर्षसम्म बीमाशुल्क भुक्तानी गर्न मिल्छ भने अधिकतम् भुक्तानी अवधि २० वर्ष रहेको छ । 

Advertisement

सानिमा लाइफको उक्त बाल बीमा गराउँदा अभिभावकको उमेर ६० वर्षभन्दा माथि हुन नहुने कम्पनीले जनाएको छ । उक्त पोलिसि न्यूनतम् ५० हजार रुपियाँदेखि अधिकतम् ५० लाख रुपियाँ बीमांकसम्म खरिद गर्न सकिन्छ । 

कम्पनीले सो योजनामा २ लाख ५० हजारदेखि पाँच लाख रुपियाँससम्म प्रतिहजारका दरले छुट दिने जनाएको छ । यस बीमामा बीमा अवधि समाप्त भएसँगै नियमाअनुसारको एक मुष्ट प्रदान गर्न पाईने व्यवस्था छ ।

जोखिम प्रारम्भ नभई बीमितको मृत्यु भएमा नियमअनुसार बीमाःशुल्क पनि फिर्ता हुने व्यवस्था छ । त्यस्तै, यस बीमा योजनामा बीमितलाई घातक रोगको समेत उपचार गरिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement