तेस्रो ‘द ब्रिटिस कप २०२२ इन्टरकलेज फुटसल’ साउन १९ बाट, विजयीले रु. एक लाख पाउने

Advertisement

काठमाडौं । द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टरकलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी साउन १९ र २० गते बालुवाटरस्थित ढुक फुटसलमा हुने आईतबार कार्यक्रम गरी जानकारी दिइएको हो । 

पहिलो र दोस्रो ब्रिटिस कलेज कप क्रमशः सन २०१८ र २०१९ मा भएको थियो । त्यसपछिका लगातार दुई वर्ष भने कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न नसकिएको आयोजकको भनाई छ । 

Advertisement

यस पटकको प्रतियोगिता थप रोमाञ्चक बनाउने रणनीतिका साथ तयारी गरिएको कलेजले जनाएको छ । प्रतियोगीतमा १३ कलेजहरुबीच प्रतिस्पर्धा हुनेछ जसमा ब्रिटिस कलेजसहित लिटिल एन्जलस, सफ्टोरिका, प्राइम, एपेक्स, आईआईएमएस, सिल्भर माउन्टेन, पीसीपीएस, एस इन्टरनेशनल, थेम्स, क्याम्पियस, कुमोस कजेज रशनेछन् ।  

विजयी टिमले एक लाख नगद पुरस्कार आयोजकले जनाएको छ । त्यस्तै, फष्ट रनर अपले ५० हजार र उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद दश हजार रुपियाँ पाउनेछन् । प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ भने अन्यमा एयरलाइन्स पार्टनर टर्किस एयरलाइन्स, ट्राभल पार्टनर मोटो बुटिक होटल र मेडिकल पार्टनर बयोदा हस्पिटल रहेका छन् । 

ब्रिटिस कजेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले कोरोना महामारीको कारण केही वर्ष यो कार्यक्रम नभए पनि अहिले विशेष उत्साहका गर्न लागिएको बताए । उनले पहिलेका भन्दा धेरै टोलीलाई सहभागी गराई अहिलेको प्रतियोगितालाई उत्कृष्ट बनाउने बताए । 

 
 

  


 

Advertisement

Advertisement