जीआईसीका ग्राहकले मनमोहन मेमोरियल अस्पतालमा नगद बिनानै उपचार पाउने

Advertisement

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल काठमाडौबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र  मनमोहन मेमोरियलका नास्तु शर्माले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता पश्चात जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म मनमोहन मेमोरियल काठमाडौँबाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्ने छन् । 
 

Advertisement

Advertisement