सिटिजन्स बैंकका ग्राहकले एपोलो डाइग्नोस्टिक केन्द्रको सेवामा १५ प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौँ । सिटिजन्स बैंक र धुम्बाराही काठमाडौंस्थित एपोलो डाइग्नोस्टिक केन्द्रबीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारी पछि बैंकका कार्डबाहकहरुले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

Advertisement

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

Advertisement

Advertisement