नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स सौराहामा सम्पन्न’, २१ विधाका सम्मान प्रदान

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन १३ गतेदेखि १५ गतेसम्म तीन दिने बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न गरेको छ । अ वाउन्स व्याक इएर २०७९–८० नाराका साथ चितवनको सौराहामा सम्पन्न सम्मेलनमा सेल्स तथा मार्केटिङमा आवद्ध २३० भन्दा बढी कर्मचारी सहभागी थिए । 

कार्यक्रममा नेपाल लाइफका सञ्चालक विमल ढकालले कर्मचारीहरुले नागरिकहरुको आशा र विश्वास जितेर काम गर्नुपर्ने सुझाव दिए भने कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले चालु आर्थिक बर्षको व्यापार लक्ष्य पूरा गर्न अहिलेदेखि नै दत्तचित्त काम गर्न आग्रह गरेका थिए । 

Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (​सीईओ) प्रवीणरमण पराजुलीले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्षको सेल्स रणनीतिका बारेमा जानकारी गराएका थिए । त्यस क्रममा सहभागीहरुलाई प्रमाण पत्र तथा आर्थिक वर्ष २०७८–७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरुलाई २१ विधामा सम्मान प्रदान गरिएको थियो ।

Advertisement

Advertisement