बीमा समितिले ‘सरेण्डर'को अवधि बढाउने तयारी गरेको बेला १२ अर्बको बीमालेख फिर्ता

Advertisement

काठमाडौं । बीमा समितिले समर्पण (सरेन्डर)को अवधि बढाउने  तयारी गरिरहेको बेला गएको आर्थिक बर्षमा १२ अर्ब रुपियाँको बीमालेख फिर्ता भएको छ । 

यसअघि एक बर्षमा सरेण्डर गर्ने सुविधा हुँदा बेथिति बढेको भन्दै समय तीन बर्ष कायम गरेपछि यति ठूलो रकमको बीमालेख फिर्ता भएको हो । यसले बीमाप्रति मानिसको आकर्षण बढ्न नसकेको तथा बेथिति कायमै रहेको संकेतको रुपमा हेरिएको छ । 

Advertisement

समितिले गत बर्ष कायम गरेको तीन बर्षको अवधि कम भएको भन्दै यसलाई पाँच बर्षसम्म कायम गर्ने भित्री तयारी गरिरहेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यस विषयमा अध्ययन जारी रहेकाले अहिले नै आधिकारिकरुपमा बन्नसक्ने अवस्था नरहेको बताए । 

अभिकर्ताहरुले कमिशनको चक्करमा लागेर आर्थिक वर्षको अन्तिममा बीमा गराउने र नयाँ आर्थिक वर्षको सुरुवातमा सरेण्डर गराउने यसअघिको विकृतिमा अझै सुधार नआएको रुपमा समिति र बीमा कम्पनीले ठूलो रकमको बीमालेख फिर्तालाई हेरेका छन् । तर कतिपय बीमित भने आफूलाई समस्या परे सरेण्डर गरेर रकम फिर्ता लिन पाउनुपर्ने तर्क गर्छन् । 

कम्पनीहरुले गएको आर्थिक वर्षमा आर्जन गरेको व्यवसायको करिब ९ प्रतिशत रकम सरेण्डर भएको विवरणबाट देखिन्छ । 

Advertisement

Advertisement