वाणिज्य बैंकहरुमा ९१ अर्ब रुपियाँ निक्षेप घट्दा कर्जा लगानी ११ अर्ब घट्यो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा साउन महिना लागेपछि कूल निक्षेप ९१ अर्ब रुपियाँ घट्दा कूल कर्जा लगानी ११ रुपियाँ घटेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार अघिल्लो सातामात्रै कूल निक्षेप २८ अर्ब घट्दा कूल कर्जा लगानी १ अर्बले घटेको छ । 

Advertisement

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो साता पनि कूल निक्षेप ६३ अर्बले घट्दा कूल कर्जा लगानी १० अर्बले घटेको थियो ।

संघका अनुसार अनुसार चालु आवको दोस्रो साता साउन १३ गतेसम्म  कूल निक्षेप घटेर ४४ खर्ब ५० अर्बमा झरेको छ । 

गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो । 

त्यसैगरी कूल कर्जा लगानी घटेर ४१ खर्ब ६४ अर्बमा झरेको छ । 

गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब पुगेको थियो । 


 

Advertisement

Advertisement