अजोड इन्स्योरेन्सले गर्यो कृषि तथा पशुपन्छी  अभिकर्ताको तालिम

Advertisement

काठमाडौँ । अजोड इन्स्योरेन्सले साउन १४, १५ र १६  गते बाँकेको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी  अभिकर्ताको तालिम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्सका दिपक पोखरेल, प्रेमराज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो । 

Advertisement

कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स कोहलपुर शाखाका प्रमुख निर्मलकुमार छेत्री साउदले गरेका थिए ।  

कार्यक्रममा अजोड इन्स्योरेन्स लुम्बिनी प्रादेशिक प्रमुख भगवती रेग्मी, नेपालगन्ज शाखा रबिनकुमार भट्ट र कर्णाली प्रादेशिक प्रमुख योगेन्द्रबहादुर कार्कीका साथै  कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।
 

Advertisement

Advertisement