आतंकवादी भएको हल्लापछि मुम्बई जान लागेका यात्रुहरु ओरालेर शंकास्पद दुईलाई नियन्त्रण

Advertisement

काठमाडौँ । मुम्बई जान लागेको नेपाल वायुसेवा निगमको जहाजमा आतंकवादी मुम्बई जान लागेको सुचनापछि सबै यात्रुलाई ओरालेर शंकास्पद दुईलाई नियन्त्रण गरिएको छ । 
 
बुधबार सवा १ बजे मुम्बई जान लागेको निगमको न्यारोबडी जहाजमा आतंकवादी रहेको सूचना कैलालीको प्रहरीले दिएको थियो । प्रहरीले जहाजमा आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १४१ यात्रुलाई ओरालेर अनुसन्धान सुरु गरेको हो । 

प्रहरीले पक्राउ गरेका दुई जना महिला र पुरुष रहेको जनाइएको छ । उनीहरु श्रीमान् श्रीमतीका रूपमा मुम्बई जान लागे पनि आतंकवादी भएनभएको भने खुल्न नसकेको प्रहरीको भनाई छ । 

Advertisement

जहाज ढोका बन्द भएर उड्न लागेका बेला रोकाएर यात्रुहरुलाई झारेको थियो । तीमध्येबाट दुई जनालाई नियन्त्रणमा लिई छानविन भइरहेको छ ।

Advertisement

Advertisement