पाटाको आयोजनामा २० जना नेपाली टोली थाइल्याण्डमा, पर्यटन प्रवर्द्धनबारे छलफल

Advertisement

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले बैंककमा आयोजित ‘नेपाल सेल्स मिशन २०२२’मा नेपालका ११ बिक्रेता पर्यटन व्यवसायिक कम्पनी र थाइल्याण्डका ४५ भन्दा बढी टुर अपरेटरलगायत करीब ८० जना सरोकारवालाको सहभागीतामा ‘बीटुबी सत्र’ सम्पन्न भएको जनाएको छ । 

नेपाली दूतावास, नेपाल वायुसेवा, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्याण्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एसोसिएसन, एसएस ग्रुप थाइल्याण्ड, नेपाल उद्योग परिसंघ र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजसँगको सहकार्यमा महामारीपश्चात् पर्यटन पुनस्थापन अभियानअन्तर्गत विदेशी स्रोतबजारमा गएर पहिलो पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको भन्दै पाटा नेपालले यस कार्यक्रममा सहभागी हुन २० जनालाई नेपालबाट लगेको बताएको छ । 

Advertisement

सहभागीले थाइल्याण्डको सोङखलामा आयोजना हुने छैठौं पाटा डेस्टिनेसन मार्केटिङ फोरममा समेत सहभागी भएको भन्दै उसले कार्यक्रममा विश्वव्यापी महामारीले सिर्जना गरेको कठिनाइलाई पार गर्न र नेपाल र थाइल्याण्डबीचको पर्यटन आदानप्रदानलाई प्रवर्द्धन गर्न सार्वजनिक तथा निजी क्षेत्रलाई आग्रह गरिएको जनाएको छ । 

पाटा नेपालका प्रतिनिधिले नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र यसको दिगो पर्यटन विकासका लागि नयाँ बाटो र अवसरहरूको प्रवर्द्धन गर्दै महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग पुर्याउन समयसापेक्ष र फलदायी पहल भएको बताएका थिए । 

परिसंघका महानिर्देशक दीपकराज जोशीले थाई ट्राभल एजेन्टहरूले नेपालसँग जोडिएर कसरी फाइदा लिन सक्छन् ? भन्ने विषयमा बोलेका थिए । 

थाइल्याण्डका लागि नेपालका राजदूत गणेश ढकालले थाई ट्राभल एजेन्टस तथा आगन्तुकहरूलाई सहज भिसा सेवा, नेपाल भ्रमणको सम्बन्धमा जानकारी दिएका थिए । 

Advertisement

Advertisement