Advertisement

Advertisement

Advertisement

काठमाडौं । आइडिया स्टुडियोले ‘कलेज आइडिया हन्ट २०२२’को लागि आवेदन खुल्ला गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी उसले व्यवसायिक आइडिया भएका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउने यस बर्ष पनि यो कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।  

आइडिया स्टुडियोले विगत ८ वर्षदेखि ‘कलेज आइडिया हन्ट’ आयोजना गर्दै आएको बताउँदै प्रतिस्पर्धामा सहभागीमध्ये उत्कृष्ट तीन विद्यार्थीले प्रतिव्यक्ति एक लाख रुपियाँ पुरस्कारसहित विभिन्न अवसर पाउने जानकारी दियो । 

Advertisement

स्टुडियोका अध्यक्ष छिरिङ लामाले प्रतिस्पर्धामा सहभागी हुन इच्छुक विद्यार्थीलाई आवेदन दिन आग्रह गर्दै ग्रिनोभेसन र सामाजिक रुपान्तरणमा महत्व राख्ने व्यवसायिक आईडिया पठाउन सल्लाह दिए । 

विद्यार्थीहरुमा रहेको प्रतिभालाई उद्यममा बदल्नका लागि प्रतियोगिता आयोजना गर्ने गरिएको भन्दै उनले ‘कलेज आइडिया हन्ट २०२२’मा धेरैभन्दा धेरै विद्यार्थीलाई सहभागी गराउने योजना रहेको सुनाए । 

Advertisement

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४०.३५ प्रतिशत रहेको तर सरकारले १० प्रतिशत युवाहरुलाई मात्र रोजगारीको अवसर प्रदान गर्ने परिस्थिति रहेको बताए । 

रोजगारी पाउन बन्चित ९० प्रतिशत युवाहरुमध्ये हरेक वर्ष झण्डै छ लाख युवा विदेशिने गरेको उनले बताए । बस्नेतले भने, ‘यो सबै भन्दा ठूलो चुनोती हो । ती युवाहरुलाई स्वदेशमै स्वरोजगार कसरी बनाउने ? उद्यमशिल कसरी बनाउने ? नयाँ आईडियाहरु कसरी ल्याउने ? मूलक भित्रकै स्रोत साधनलाई ठिक ढंगले सदुपयोग गरेर आईडिया स्टुडियोले जुन काम गर्दैछ, त्यसमा हामी पनि सहकार्य गर्दै आएका छौं ।’ 

प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरुले आइडिया स्टुडियोको वेभसाइटमा गएर फर्म भरेर सबमिट गर्नुपर्छ । सहभागीले भदौ १९ गतेसम्म फर्म भर्न सक्ने छन् ।

Advertisement

Advertisement