Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपालले अबको पाँच वर्षपछि मात्रै सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । 

बिहीवार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहे पनि आफूलाई गाह्रो भइरहेको बताए । माधव नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताए । 

Advertisement

उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए । माधव नेपालले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने बताए । परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने उनको भनाई छ । 

नेता नेपालले पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिस्पर्धा गर्ने बताउँदै अब तेस्रो शक्ति बनाउन पार्टीहरु एकजुट भइरहेको बताए । शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी एक ठाउँमा हनुपर्ने उनको भनाई छ । 

माधव नेपालले नेपाली काँग्रेसमा हामी नै सबैथोक हौँ परेको घमण्ड रहेको बताए । अरु पार्टी पनि मैदानमा छन् भन्ने सोच्न उनले सल्लाह दिए । नेता नेपालले एमालेप्रति इंगित गर्दै आफू सर्वेसर्वा हूँ भनिरहेको र यही प्रवृतिले देश बिगारेको बताए । 

Advertisement

Advertisement