एमसीसीका कट्टर समर्थक अरुणकुमार सुवेदी प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । उनी अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौतको कट्टर समर्थकको रुपमा रहँदै आएका छन् । 

पछिल्ला नीति निर्णय हेर्दा सरकार असंलग्न नीतिबाट पछि हट्दै अमेरिकी नेतृत्वको पश्चिमी ध्रुवसँग नजिकिन खोजेको प्रष्ट देखिन्छ । पहिले कांग्रेससँग नजिक रहे पनि पछिल्लो समयमा सो पार्टीबाट टाढिएका सुवेदीलाई देउवाले आफ्नो परराष्ट्र सल्लाहकार नियुक्त गर्नु अर्थपूर्ण देखिन्छ । 

Advertisement

स्रोतका अनुसार देउवाले यसअघि पनि सुवेदीसँग सल्लाह लिने र अघोषितरुपमा सल्लाहकारको रुपमा काम गर्दै आएका थिए । व्यवसायीको रुपमा समेत चिनिएका उनले मुक्तिनाथसम्म पुग्ने केवलकारसमेत निर्माण गर्ने बताउँदै आएका छन् । 

Advertisement

Advertisement