मधेसमा लोकप्रिय बन्दै गएका राउतले चुनावमा उपेन्द्रलाई चुनौति दिने

Advertisement

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले आउँदो संसदीय निर्वाचनमा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई चुनौति दिने भएका छन् । राउतले यादवलाई प्रतिनिधिसभा सदस्य चुनावमा हराउन सप्तरी–२ बाट उठ्ने घोषणा गरेका छन् । 

बिहीबार बसेको जनमत पार्टीको सोसम्वन्धी निर्णय भएको छ । पछिल्लो समयमा मधेसीमा लोकप्रिय बन्दै गएका राउत अलोकप्रिय बन्दै गएका यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यादवमाथि गौर हत्याकाण्डको आरोपसमेत लाग्ने गरेको छ । 

Advertisement

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा चुनावको मिति तोकेसँगै राउतले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सोही पार्टीका महासचिव चन्दनकुमार सिंहले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको क्षेत्र महोत्तरी ३ बाट उठ्ने घोषणा गरेका छन् । सप्तरी राउतको आफ्नो गृहजिल्ला पनि हो । 

Advertisement

Advertisement