ताइवान वरपर चीनद्धारा क्षेप्यास्त्र प्रहार गर्न सुरु

Advertisement

एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेलगत्तै आक्रोसित भएको चीनले ताइवानको टापु वरपर क्षेप्यास्त्र प्रहार गर्न थालेको छ । पलोसीको भ्रमणसँगै सैन्य सक्रियता बढाएको चीनले पलोसी फर्किएलगत्तै क्षेप्यात्र प्रहार गरेर तर्साउन सुरु गरेको हो । 
 
ताइवानको विषयलाई लिएर शक्ति राष्ट्रहरु अमेरिका र चीनबीच तनाव बढ्दै गएको छ । यता जापानले चीनले प्रहार गरेको क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको भन्द्र आपत्ति जनाएको छ । जापानका रक्षामन्त्री नबुओ किशीले कडा आपत्ति जनाएको बीबीसीले जनाएको छ । 

आफू स्वतन्त्र राष्ट्र भएको दावी गर्दै आएको ताइवानले पनि आफ्नो भूमिमा चीनले ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको बताएको छ । चीनले उत्तरपूर्वी र दक्षिणपश्चिमी तट वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उसको भनाई छ । 

Advertisement

ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएको रोयटर्सको समाचार छ । हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिए पनि जनजीवन सामान्य रहेको ताइपेईले दावी गरेको छ । 


चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पलोसीको भ्रमणपछि आफ्नो सार्वभौमसत्तामाथिको चुनौती भन्दै सैन्य गतिविधि बढाएको थियो । पलोसीले भने ताइवानको स्वतन्त्रताको विषयमा सम्झौता नहुने कडा प्रतिक्रिया दिएकी छन् । 

Advertisement

Advertisement