शेयर बजार ओरालो लाग्दा थप झस्किए लगानीकर्ता, लगातार चार दिन घट्यो नेप्से

Advertisement

काठमाडौँ । शेयर बजार निरन्तर घटिरहेको छ । यो साता लगातार ४ दिन बजार घटेको हो । आइतबार र सोमबार बजार बढे पनि त्यसपछिका ४ दिन नेप्से ओरालो झरेको हो । 

यसैक्रममा आज बजार ३४.८५ अंकले घटेको छ । १.६२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २११३.३० अंकमा झरेको छ । 

Advertisement

आज २१३ कम्पनीका ६४ लाख १६ हजार ६ सय २९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लख ५४ हजार ९ सय ४८ रुपियाँ बराबरको कारोबार भएको हो । 

म्युचुअल फण्ड ०.१२ अंकले बढे पनि बाँकी अरु समूह राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी ११९.९९ अंकले घटेको छ ।

समग्रमा बजार घट् पनि आज सबैभन्दा बढी जोशी हाइड्रोका शेयर मूल्य ५.९१ प्रतिशतले बढ्दा मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सबैभन्दा बढी ७.१८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज पनि शिवम् सिमेन्टकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९ सय ३८.८० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार ५४.५८ अंकले बजार बढ्दा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रुपियाँ, सोमबार १.१५ अंकले बजार बढ्दा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७ सय ५६ रुपियाँ, मंगलबार २.८१ अंकले बजार घट्दा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रुपियाँ, बुधबार ६.७१ अंकले बजार घट्दा ४ अर्ब २ करोड ९९ लाख ४ हजार २ सय ५१ रुपियाँ  र हिजो बिहीबार ३८.६१ अंकले बजार घट्दा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १ सय ७३ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement