चुनावकै दिनमा एकादशी पर्दा पार्टीका कार्यकर्तालाई ठूलो संकट, उम्मेदवारलाई भने फाइदा

Advertisement

काठमाडौं । सरकारको प्रतिनिधिसभा र प्रदेशसभाको मिति घोषणा गरेको मिति (मंसिर ४ गते)मा एकादशी परेकाले पार्टीका नेता कार्यकर्तालाई ठूलो समस्या पर्ने देखिएको छ । 

निर्वाचनको मिति नजिकिएसँगै र निर्वाचनको दिन मासु भात रक्सी खाने र खुवाउने प्रचलन लामो समयदेखि चल्दै आएको छ । तर यस पटक घोषणा गरेको दिन एकादशी परेकाले सो दिन काटमार गर्न र माछामासु खान विशेषगरी ठूला दलका नेता कार्यकर्तालाई असहज हुने देखिन्छ । 

Advertisement

एकादशीमा माछामासु खाने नै कार्यकर्ता भए पनि काटमार कमै हुने मात्रामा हुने भएकाले त्यस्तो कार्यकर्ता विगतको अवसरबाट बन्चित हुने भएको छ । यसले निर्वाचनलाई थोरै भए पनि निष्पक्ष बनाउन सहयोग गर्ने भन्दै कतिपयले सामाजिक सञ्जालमा लेखेका छन् । 

साथै, चुनावको दिन काटमार कम हुँदा उम्मेदवारको खर्च कम हुने र मासुको स्वादमा रक्सी खानेहरु केही कम हुने हुँदा झैझगडा र आपराधिक क्रियाकलापमा समेत कम हुने देखिएको छ ।  

शहरी मतदाता शिक्षित र जागरुप हुँदै जाँदा मासु, भात, रक्सी खुवाउने र पैसा बाँडेर चुनाव जित्ने विकृति कम हुँदै गए पनि ग्रामीण क्षेत्रमा भने यो विकृति अझै पनि कायमै देखिन्छ । 

Advertisement

Advertisement