Advertisement

Advertisement

Advertisement

काठमाडौँ । राजश्व अनुसन्धान विभागले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका स्थिल साझा रेष्टुरेन्टका प्रोप्राइटर प्रकाश यादव र विष्णु यादव विरुद्ध मुद्दा दर्ता गरेको छ ।

आफ्नो रेष्टुरेन्टको सम्पूर्ण कारोबार अनुसारको विवरण पेश नगरी राजश्व चुहावट गरेको अनुसन्धानबाट पुष्टी भएपछि १ करोड ८ लाख ३६ हजार ५ सय २३ रुपियाँ माग दाबीसहित बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दर्ता गरिएको हो । 

Advertisement

यादवद्वय बिरुद्ध आयकरतर्फ ५१ लख ४१ हजार ९ सय २ रपियाँ र मूल्य अभिबृद्धितर्फ ५६ लाख ९४ हजार ६ सय २१ रुपियाँ राजश्व चुहावट गरेको पाइएको विभागले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।   
  

Advertisement

Advertisement

Advertisement