उधारो कारोबार गर्ने लगानीकर्ताको शेयर बेचेर सेटलमेन्ट गर्न सकिंदैनः मैनाली

Advertisement

काठमाडौँ । स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको पूँजी नभई नेटवर्थलाई हेरेर नीति बनाउनु पर्ने बताएका छन् । ब्रोकरको संरचनाका लागि चुक्तापूँजी भन्दा पनि नेटवर्थको आधारमा हुनुपर्नेमा उनको जोड छ । 

बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पूँजीबजारको बर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावन विषयक अन्तरक्रिया कार्यक्रम कार्यपत्र प्रस्तुत गर्दैउनले अहिले भईरहेको कारोबार मध्ये ७० प्रतिशत उधारो कारोबार हुने र सेटलमेन्टमा ५ रूपियाँ ब्रोकरबाट उपलब्ध नहुँदा सेटलमेन्ट नभई ब्रोकर कारवाहीमा पर्ने उनले बताए । उधारो कारोबार गर्ने लगानीकर्ताको शेयर बेचेर सेटलमेन्ट गर्न नसकिने धारणा समेत उनले राखे । 

Advertisement

सबैको नजर ब्रोकर कमिशनमा हुने तर व्यवसाय गर्ने नेप्से भन्दा बढी कमिशन नियामक धितोपत्र बोर्डको रहेकोमा कसैको ध्यान नगएको प्रति चिन्ता व्यक्त गरे । दक्षिण एशियामा नेपालको ब्रोकर कमिसन तुलनात्मक रूपमा कम रहेको समेत उनले बताए । 

Advertisement

Advertisement