शेयर बजारको जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्तामात्र बजारका लागि उपयुक्त हुन्छन्ः श्रेष्ठ

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले धितोपत्र बजारमा जोखिमलाई बुझेर लगानी गर्न सक्नेको लगानी हुनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पूँजीबजारको बर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक श्रेष्ठले उक्त कुरा बताएका हुन् । 

Advertisement

‘पछिल्लो समय बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक देखिन्छ । यो बजारको लागि राम्रो हो । तर, सबै क्षेत्र सबै मानिसका लागि उपयुक्त नहुन सक्छ ।’–उनले भने ।

कम्पनी विश्लेषण गर्ने र बजारको जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र बजारका लागि उपयुक्त हुने उनको तर्क छ । 
 

Advertisement

Advertisement