Advertisement

Advertisement

Advertisement

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष मोवाइलको अवैध चोरी पैठारी रोक्न लागू गर्ने भनिएको ‘मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) यही आउँदो अंज्रेजी महिना सेप्टेम्बरभित्र ‘सफ्ट लन्च’ गरिने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यो प्रणाली सुरु गर्ने तयारी आफूहरुले गरिरहेको बताएका हुन् । विभिन्न ब्राण्डका मोवाइलहरु आयात गरी बिक्री गर्दै आएका व्यवसायीहरुले मोवाइलको चोरी पैठारीले गर्दा आफूहरुको व्यवसाय र लगानीमा पनि असर परेको र राज्यलाई पनि राजश्वमा ठूलो नोक्सान भएको भन्दै एमडीएमएस प्रणाली लागू गर्न बर्षौंदेखि माग गर्दै आएका छन् । 

Advertisement

तर, प्राधिकरणले विभिन्न बहानामा यसलाई लागू गर्न ढिलाई गर्दै आएको छ । अध्यक्ष खनालले उक्त प्रणालीसम्वन्धी उपकरण ल्याउन कोरोना महामारीले गर्दा ढिलाई भएकाले लागू गर्न ढिलाई भएको बताए । 

उनले भने, ‘हामीले गत वर्ष नै एमडीएमएस प्रणाली लागू खोजेका थियौं । तर कोरोना महामारीका कारण यसमा ढिलाई हुन पुग्यो । नेपालमा पनि लकडाउनको अवस्था थियो भने अझ बढी हामीले उपकरण ल्याउने देश चीनमा उपकरणको उत्पादन नै प्रभावित हुन पुग्यो ।’ 

Advertisement

खनालले चीनबाट केही दिनमा आईपुग्ने उपकरण कोरोना महामारी र लकडाउनका कारण छ महिनाभन्दा धेरै समय खर्चिएर बेलायतलगाएका देशसम्म घुमाएर ल्याउनु परेको गुनासो गर्दै थपे, ‘कोरोना महामारीका कारण एमडीएमएसका लागि चाहिने उपकरण चीनमा उत्पादनमै ठूलो असर पर्यो । दुई जना नेपालमा आएर त्यसलाई चलाउने कुरा पनि सिकाउन पाउनु भएन । केही विशेष मोडलबाट उक्त सिस्टम संचालित हुन्छ । लामो समय कोरोना महामारीले टेन्डर प्रक्रियामा पनि असर गर्यो । हामीले भन्सारबाट नेपाल भित्रिएका मोवाइलहरुको सूचीगत रुपमा रकर्ड बस्ने बनाइसक्या छौं । अब यही आउँदो सेप्टेम्बरमा सफट् लन्च गर्ने तयारी गरेका छौं । सबै तयारी पूरा भइसकेको छ । टेन्डर पनि लामो समय जानसक्ने कुरा हो । कुनै पनि टेण्डर आफैमा यति भन्ने ठेगान गर्ने अवस्था पनि हुँदैन । यो त एउटा प्रक्रिया हो ।’ 

Advertisement

Advertisement