पूर्वएआईजीले सुरु गरे नयाँ व्यवसाय, मन्त्रीमार्फत ‘गुरु ट्राभल्स’को उद्घाटन, पछि आईपीओ खुल्ने

Advertisement

काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले नयाँ व्यवसाय सुरु गरेका छन् । प्रहरी सेवाबाट अवकाश लिएका उनले 
पहिलो पब्लिक कम्पनीका ट्राभल एजेन्सी सञ्चालनमा ल्याएका हुन् । 

‘गुरु ट्राभल्स लिमिटेड’ नाम दिइएको यस कम्पनीको उद्घाटन शर्माले शुक्रबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालमार्फत गराएका हुन् । शर्मा यस कम्पनीको सञ्चालक समिति अध्यक्ष छन् । 

Advertisement

नेपालको पर्यटन क्षेत्रलाई अझै सफल र सबल बनाउँदै पर्यटनको लाभ आमनेपालीसम्म पुर्याउने लक्ष्यले गुरु ट्राभल्स सुरु गरेको भन्दै शर्माले नेपालको पर्यटन क्षेत्रमा ‘वान विन्डो सर्भिस’ उपलब्ध गराउने उद्देश्य रहेको बताए । 

कम्पनीमा ६० जनाभन्दा बढी उद्यमी व्यवसायीको प्राथमिक लगानी रहेको छ भने अबको तीन वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने योजना बनाइएको छ । हाल कम्पनीको चुक्ता पूँजी रु. १० करोड रहेको छ ।

दीर्घकालीन रुपमा नेपालका सबै भूभागमा पर्यटन प्रवर्द्धन गर्ने र नेपाल भित्रिने चेन होटल, यातायात प्रणाली र विदेशी हवाई कम्पनीको जनरल सेल्स एजेन्ट बन्ने लक्ष्यसमेत राखिएको भन्दै कम्पनीका प्रतिनिधिहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, होटल बुकिङदेखि ट्राभल र टुर प्याकेज बिक्रीको कार्य गर्ने, भिषा र यात्रासम्बन्धी सबै काम गर्नेगरी कम्पनी स्थापना गरेको बताए । 

Advertisement

Advertisement