Advertisement

Advertisement

Advertisement

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले बीमा कम्पनीहरु गाभ्दा त्यहाँ कार्यरत कर्मचारीको रोजगारीको सुनिश्चितता गर्न आग्रह गरेको छ । बीमा समितिलाई बुझाएको ध्यानाकर्षण पत्रमा संघले कर्मचारीलाई हटाउन नदिन माग गरेको हो । 

सरकारी तथा निजी क्षेत्रका ४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको नेतृत्व गर्दै आएको यस संघले मर्जरमा जाँदा ठूला संख्यामा कर्मचारीहरुको रोजगारी गुम्नसक्ने भन्दै समितिको ध्यानाकर्षण गराएको छ । 

Advertisement

समितिले डेढ गुनाले पुँजी बढाउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बीमा कम्पनीहरु धमाधम मर्जरमा गइरहेका छन् । मर्जर तथा प्राप्तिका क्रमाम ठूलो जनशक्तिको रोजगारी जोखिममा पर्ने र उनीहरुले आफ्नो पेशा, व्यवसाय र रोजगारीबाट अलग हुनुपर्ने अवस्था आउनसक्ने अवस्था देखिएको भन्दै संघले कम्पनीको अचल सम्पत्ति, लगानीकर्ताको लगानी तथा लामो समयसम्मका लागि भनी कम्पनीले बहन गरेको बीमितहरुको जोखिमको लेखाजोखा भईरहँदा कम्पनीको विकास र विस्तारमा दिन रात नभनी परिचालित हुने कर्मचारीको व्यवस्थापनमा समस्या आउन नदिन आग्रह गरेको छ । 

बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिकामा बीमा समितिले सैद्धान्तिक सहमतिका लागि गाभ्ने, गाभिने बीमकका कर्मचारीको व्यवस्थापनको विवरण पेश गर्नुपर्ने बताउँदै संघले संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने कामकारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने कार्य बन्द गरेर रिक्त दरबन्दीका पदपूर्तिका कामलाई नियमितता दिन पनि माग गरेको छ । 

Advertisement

श्रम ऐन तथा टेड युनियन ऐनले निर्दिष्ट गरेको कर्मचारीहरुको नियमित रुपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका नाममा अवरुद्ध गर्ने काम बन्द गर्दै मर्जर तथा प्राप्तिको कार्यको समयावधिलाई निश्चित गर्नुपर्ने संघले बताएको छ । 

Advertisement

Advertisement